back
CTIZAN AD

रुसले ग्यास आपूर्ति बन्द गरे युरोपेली सङ्घ तयार : जेन्टिलोनी

वि.सं.२०७९ भदौ १९ आइतवार

735 

shares

कर्नोवियो, इटाली । भण्डारण क्षमता र ऊर्जा बचतका उपायका कारण रूसी ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको अवस्थामा पनि युरोपेली सङ्घले सामनाका लागि ‘राम्रो तयारी’ अवस्थामा रहेको बताइएको छ ।

युरोपेली सङ्घका आर्थिक आयुक्त पाओलो जेन्टिलोनीले युरोपियन हाउस एम्ब्रोसेट्टीले आयोजना गरेको आर्थिक मञ्चका क्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, “हामी रूसले ग्यास हतियारको अत्यधिक प्रयोगको विरोध गर्न तयार छौँ । उनले भने, “हामी पुटिनको निर्णयबाट डराएका छैनौं, हामी रूसीहरूलाई सम्झौताको सम्मान गर्न भनिरहेका छौं, तर यदि उनीहरूले त्यसो गरेनन् भने हामी प्रतिक्रिया दिन तयार छौं ।”

रसियाली ग्यास कम्पनी गजप्रोमले रुसलाई उत्तरी जर्मनीसँग जोड्ने नोर्ड स्ट्रिम पाइपलाइन मर्मतका लागि तीन दिनको अवरोधपछि शनिबारदेखि सेवा सुरु गर्न लागेको र टर्बाइन मर्मत नगरेसम्म पूर्णरुपमा बन्द गरिने बताएको छ । मस्कोले शुक्रबार जी–७ राष्ट्रहरूले रुसको ऊर्जा लाभलाई लक्षित गर्ने घोषणा गरेको निर्णयप्रति प्रतिक्रिया व्यक्त गर्दै आफ्नो तेलको मूल्य सीमित गर्न सहमत भएको थियो ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले इटालीका प्रधानमन्त्री मारियो ड्राघीको कदमलाई समर्थन गर्दै रूसबाट पाइपलाइनमार्फत् आयात हुने ग्यासको मूल्यमा सीमा तोक्ने समय आएको बताइन् । युरोपियन युनियनमा ‘आपूर्तिको विविधीकरणको लागि धन्यवाद, ग्याँस भण्डारण हाल लगभग ८० प्रतिशतको हाराहारी रहेको छ,” जेन्टिलोनीले भने । उनले ब्रसेल्सले हालैका महिनाहरूमा धेरै काम गरेको तर अहिले अझ धेरै गर्न सम्भव भएको बताए । यसको उद्देश्य “आर्थिक हतियारप्रयोग गरेर युक्रेनमाथिको आक्रमणविरुद्ध काम गर्ने युरोपको संयुक्त रणनीति पछ्याउनु हो,” उनले भने ।

“हामी युद्धमा भाग लिइरहेका छैनौं, हामी सैन्य वृद्धिमा भाग लिइरहेका छैनौं । तर, युक्रेनलाई समर्थन गरिरहेका छौं । अब हामीले यसलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने छ । (रासस/एपी)

photo- Agency

वि.सं.२०७९ भदौ १९ आइतवार ०७:५४ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...