back
CTIZAN AD

प्रचण्ड भन्छन्– कांग्रेसलाई ८० र माओवादीलाई ६० सिटको आसपासमा सहमति हुन्छ

वि.सं.२०७९ भदौ २१ मंगलवार

2.2K 

shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवारसम्म सिट बाँटफाँट टुंगो लगाउने बताएका छन् । मंगलवार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मंगलवार दिनभर कार्यदललाई काम गर्न जिम्मा दिइएको र बुधवार शीर्ष नेताहरू बसेर त्यसलाई टुंगोमा पुर्‍याउन लागिएको बताए ।

‘सिट संख्या र निर्वाचन क्षेत्र एकैपटक टुंगो लगाउने भनेर लागिरेहका छौं । सबै पार्टीका साथीहरू लागिरहनुभएको छ । कार्यदललाई आजसम्मको समय दिइएको छ । भोलि शीर्ष नेताहरू बसेर त्यसलाई टुंगो लगाउने भनेका छौं,’ प्रचण्डले भने ।

प्रचण्डले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने बताएका छन् । उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए ।

‘नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा १०० भन्नुभएको थियो । तपाईहरुले पनि सुन्नुभएकै होला’, प्रचण्डले भने, ‘तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले पनि ६० भनेका छौं, ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

त्यसैगरी नेकपा एकीकृत समाजवादी र नेसपाले पनि २५ सिटको वरिपरि गरेको स्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको बताए ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १२:३९ मा प्रकाशित

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...