back
CTIZAN AD

कुमारी बैंककाे ऋणपत्रका लागि आवेदन दिने म्याद थप

वि.सं.२०७९ भदौ २१ मंगलवार

822 

shares

काठमाडौं । कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकको ऋणपत्रमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले सो भन्दा अगावै नै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना गरेर बिक्रि बन्द गरिने जनाएको छ ।

बैंकले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गरेको हो । बैंकले अंकित मूल्य १००० दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्बसाधारणका लागि र १८ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्वसाधारणका लागि छुट्याईएको मध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ ।

यस ऋणपत्रमा छिटोमा भदौ २१ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था अनुसार नै आवेदन दिने म्याद थप भएको हो ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले भदौ १ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै असार ३१ मा बोर्डमा आवेदन दिएको थियो ।

कुमारी बैंकले निष्काशन गर्यो वार्षिक ११ प्रतिशत ब्याजदर पाइने ऋणपत्र

वि.सं.२०७९ भदौ २१ मंगलवार १२:३८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...