back
CTIZAN AD

भृकुटीमण्डपमा फर्निचर एक्स्पो फर्निसिङ मेला २०२२ सुरु

वि.सं.२०७९ भदौ २४ शुक्रवार

849 

shares

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ शुरु भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा बिहीबारदेखि यही भदौ २७ गतेसम्म चल्ने एक्स्पोको बिहीबार बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए ।

मेलामा भारत, बंगालादेश, पाकिस्तानलगायतका मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता छ । जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको प्रायोजन गरेका छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री मेलामा रहेको संघका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए ।

नेपालमा ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यसको झण्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको बताइन्छ । प्रदर्शनीको व्यवस्थापन इभेन्ट सोलुशन प्रालिले गरेको छ । प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनको विभिन्न सहयोग रहेको छ ।

बदलिँदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिर्सिङ सामग्रीको मेला आयोजना गर्दै आएको छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार ०९:०२ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...