back
CTIZAN AD

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सेवा सम्बन्धी सम्झौता

वि.सं.२०७९ भदौ २४ शुक्रवार

876 

shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच नगद सहित बीमा दावी भुक्तानी (इसीएस) सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गरिने छ । बीमितको गाडी कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा आइएमई जनरल इन्स्योरेन्स सहजै बीमा दावी भुक्तानी गर्नेछ ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरिने छ । यसले बीमा दावी भुक्तानीको लामो प्रक्रियालाई छोटा बनाउने र बीमितले सहज, सरल र झन्झटमुक्त तरिबाबाट सेवा लिन सक्ने आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

उक्त सेवा लिनको लागि दुर्घटना भए लगत्तै बीमा कम्पनीले उपलब्ध गराएको मोबाइलमा फोन गरेर, एसएमसी, भाइवर वा ह्वाट्स एपबाट जानकारी गराउनु पर्नेछ । सवारी साधन बीवाइडीको सर्भिस सेण्टरमा पु¥याए पश्चात दुर्घटनाग्रस्त सवारीको जांच गर्नुपर्नेछ ।

मर्मत संभार पश्चात बीमा लेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बीवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सवारी लैजान सक्ने छन् ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार ०९:०६ मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...