back
CTIZAN AD

पेरुमा १४ महिनामा चार जना विदेशमन्त्रीले राजीनामा दिए

वि.सं.२०७९ भदौ २५ शनिवार

723 

shares

लिमा । पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री हुन् ।

राजनीतिक अस्थिरताबाट गुज्रिएको पेरुमा विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ । कास्टिलोको सरकारले सन् २०२१ जुलाईमा पदभार ग्रहण गरेदेखि हालसम्म दुईवटा महाभियोग सामना गर्दै भ्रष्टाचारलगायत छवटा आपराधिक अनुसन्धानको सामना गरिरहेको छ ।

गत महिना पूर्वप्रधानमन्त्री एनिबल टोरेस क्यास्टिलोको सरकारबाट राजीनामा दिने चौथो व्यक्ति थिए । त्यसपछि अन्य सात आन्तरिक मन्त्रीहरूले पदत्याग गरेका छन् ।
रोड्रिग्वेजले विदेश मन्त्रालयको ट्विटर सार्वजनिक गर्दे साझा गर्दै राजीनामा घोषणा गरेका थिए।

स्थानीय सञ्चारमाध्यमले भर्खरै मन्त्री रोड्रिग्वेज र राष्ट्रपति कास्टिलो बीच विभिन्न मुद्दाहरूमा असहमति रहेको सार्वजनिक गरेका थिए ।

वामपन्थी राष्ट्रपति कास्टिलो आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट निरन्तर आलोचना र अफ्ठेरोमा परेका छन् ।

पेरुमा राजनीतिक अस्थिरताको अचम्मको शृङ्खला छ । सन् २०२० मा पाँच दिनमा तीनजना राष्ट्रपतिहरू भएका थिए भने सन् २०१६ पछि पाँच राष्ट्रपति चुनिएका छन् ।(रासस-एएफपी)

वि.सं.२०७९ भदौ २५ शनिवार १४:४५ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...