back
CTIZAN AD

सिञ्जा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न प्रदेश सरकारसँग माग

वि.सं.२०७९ भदौ २५ शनिवार

705 

shares

कर्णाली । जुम्लाका बुद्धिजीवी र नागरिक समाजले सिञ्जा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयक अगाडि बढाउन प्रदेश सरकारसँग माग गरेका छन् । उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष आज जुम्लामा ज्ञापनपत्र बुझाउँदै कर्णालीको अस्तित्वसँग जोडिएका दुवै विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् ।

विधेयकलाई आफैँले अगाडि बढाउने एकल अधिकार प्रदेश सरकारसँग हुँदा पनि सदनमा लैजानेतर्फ प्रदेश सरकारले चासो नदिएको भन्दै ज्ञापनपत्रमार्फत ती विधेयक छिटो पारित गर्न माग गरिएको बुद्धिजीवी एवं जुम्लाका सहायक क्याम्पस प्रमुख प्रकाश खत्रीले जानकारी दिए ।

“सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयकले कर्णालीसहित सिङ्गो नेपालकै संस्कृति, सभ्यता, भाषा, कला र साहित्यको नेतृत्व गर्दछ”, बुद्धिजीवी खत्रीले भने, “यसको संरक्षण र विकासका लागि संरचना र संयन्त्र बनाउन सरकारले ढिलो गर्नु हुँदैन ।” अर्कोतर्फ हिमाली क्षेत्रको शैक्षिक एवं प्राविधिक विकास, जनशक्ति उत्पादन, खोज तथा अनुसन्धानसँग जोडिएको पर्वतीय विज्ञान तथा प्रविधी विश्वविद्यालय विधेयक पनि सरकारले अगाडि बढाउन ढिलो नगरोस् भनेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उनले बताए ।

त्यस अवसरमा मुख्यमन्त्री शाहीले आफू सकारात्मक रहेको तर सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत यसलाई अगाडि बढाउनेतर्फ सोचेको बताए । “मभन्दा अघिको सरकारको समय लामो हुँदा पनि विधेयक अगाडि बढ्न सकेनन्”, उनले भने,“विद्यालयनै दान दातव्य र चन्दाबाट सञ्चालन गर्नुपर्ने अवस्थामा ठूलो संरचना निर्माणले हुने आर्थिक व्ययभारलाई पनि बुझ्नुपर्दछ ।”

बुद्धिजीवी तथा नागरिक समाजले भने दुवै विधेयकले कर्णालीको अस्तित्व र दीर्घकालीन विकासमा ठूलो महत्व राख्ने भन्दै प्रदेशसभाको कार्यकाल सकिनुअगावै मूर्तरुप दिएर कार्यान्वयन प्रक्रियामा लैजाने गरी विधेयक पारित गर्ने वातावरण मिलाउन मुख्यमन्त्री शाहीलाई अनुरोध गरेको छ ।रासस

वि.सं.२०७९ भदौ २५ शनिवार १५:०५ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...