काठमाडौं । सर्वसाधारणले आजदेखि नयाँ नोट सटही सुविधा पाउने भएका छन् । नजिकीदै गरेको चाडपर्व (दशैँ तिरहार)को लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको हो ।
बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि पनि नयाँ नोट वितरण गरेको हो । आज राष्ट्र बैंक कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण सुरु गरेको हो ।
अन्य स्थानबाट समेत नयाँ नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय अधिकतम वितरण गरेको हो । जसमा ५, १०, २०, ५०, १०० दरका नोट समावेश छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ नायाँ नोट बजारमा पठाउँदै छ ।
वि.सं.२०७९ भदौ २६ आइतवार १४:५३ मा प्रकाशित






























