काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ शाहको निर्देशनमा अल्टिमेटमसहितको पत्र पुगेपछि ६ क्यासिनोसहित सात कम्पनीले महानगरको राजस्व विभागमा कर तिरेका छन् ।
गत आइतबार महानगरले लामो समयदेखि मनोरन्जन कर नतिरेको भन्दै ७ दिनभित्र कर तिर्न भन्दै पत्र काटेपछि क्यासिनो लगायतका कम्पनीले धमाधम कर बुझाउन थालेका हन् ।
महानगरद्धारा जारी सूचना अनुसार अल्टिमेटसहितको पत्र काटेपछि सात क्यासिनोसहित ९ कम्पनीले ८४ लाख कर तिरेका छन् ।
महानगरका अनुसार काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ, डेल्टिन क्यासिनो होटल म्यारियटले २१ लाख ४२ हजार ३४ रुपैयाँ प्लेस अन्नपूर्ण होटल एटलान्टिक रिक्रियशन प्रा.लिले ११ लाख ८५ हजार ४६३ रुपैयाँ, हयात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियशनल ९ लाख ८९ हजार ४६० रुपैयाँ, होटल सोल्टीको माजोङ इन्टरटेनमेन्टले ९ लाख ९३ हजार ६००, होटल मल्लको बेलिज क्यासिनोले १३ लाख ८८ हजार ३६३ गरी जम्मा ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर उठेको हो ।
त्यस्तै पत्र काटिएका मध्ये याक एण्ड यतिको रोयल क्यासिनो र होटल एलफ्टको बाल्को क्यासिनोले कर नतिरेको पनि महानगरले जनाएको छ ।
वि.सं.२०७९ भदौ २८ मंगलवार १५:५९ मा प्रकाशित






























