back
CTIZAN AD

काराेबार रकम घट्दा पनि बढ्याे सेयर बजार

वि.सं.२०७९ भदौ २८ मंगलवार

840 

shares

काठमाडाैं । कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार मापक परिसूचक नेप्से हरियो देखिएको छ । मंगलबार बजार २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा उक्लिएको छ ।

आज बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले बढेर ३७६.१७ बिन्दु कायम भएको छ ।

यस्तै, यस दिन कारोबारमा आएका २३१ वटा कम्पनीको २० हजारपटकको कारोबारमा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँबराबरको शेयर ३१ लाख ४६ हजार कित्ता किनबेच भएको छ ।

मंगलबार २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्स्याेरेन्स परेका छन् ।

यस दिन १७२ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १४ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै, बोटलर्स नेपालको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता २१३६ रुपैयाँ पुगेको छ ।

साथै, ८.५ प्रतिशत नेपाल बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । कम्पनीको शेयरमूल्य ९७ प्रतिशतले घटेर ९२२ रुपैयाँ कायम भएको छ । यस्तै, आज सर्वाधिक शेयर कारोबार भने नबिल बैंकको हुन गयो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७७० कायम भएको छ ।

वि.सं.२०७९ भदौ २८ मंगलवार १६:१६ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...