back
CTIZAN AD

सनराइज् बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता

वि.सं.२०७९ भदौ २९ बुधवार

723 

shares

काठमाडौं । सनराइज् बैंकले गेट वे पेमेन्ट सर्भिस प्रालीसँग युनीफाईड पेमेन्ट इन्टरफेस नेपालको सदस्य बैंक बन्नको लागि सम्झौता गरेको छ । बैंकले आफ्नो सेवा सुविधाविस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सँग अन्तर आबद्धता रहेको गेट वे पेमेन्ट सर्भिससंग सम्झौता गरेको हो ।

बैंकको केन्द्रिय कार्यालय गैह्रिधारामा मंगलबार आयोजित एक समारोहबिच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदानप्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सुरुभए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले यूपीआई मार्फत सन्राइज बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतिय पर्यटकले बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्त हुने बिप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले २५ हजार भन्दा बढी मर्चेन्ट नेटवर्क (पीओएस तथा क्युआर), १५९ एटिएम, १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९५ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

वि.सं.२०७९ भदौ २९ बुधवार ११:३१ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...