काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले आज (भदौ २९ गते)देखि सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेका १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० देखि अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असोज २ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशनका लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो ।
कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।
वि.सं.२०७९ भदौ २९ बुधवार १२:१९ मा प्रकाशित


























