back
CTIZAN AD

नबिल बैंकले ल्यायो जेनअल्फा स्किम

वि.सं.२०७९ भदौ २९ बुधवार

669 

shares

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित जेनअल्फा स्किम सार्वजनिक गरेको छ । काठमाडौंमा बुधबार बैंकद्धारा आयोजित एक कार्यक्रममा नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले संयुक्त रुपमा एप सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बताए । यस स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको उनले बताए ।

बैंकका अनसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा गर्न सकिनेछ ।

बैंकले नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिकाहरु समाहित हुन सक्ने जनाएको छ । साथै, नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।

 

वि.सं.२०७९ भदौ २९ बुधवार १३:३२ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...