back
CTIZAN AD

एनआईसी एशियाले सुरु गर्यो डाइरेक्ट भीसामार्फत रकम पठाउन सकिने सेवा

वि.सं.२०७९ भदौ २९ बुधवार

753 

shares

काठमाडौं । एनआईसी एशिया बैंकले डाइरेक्ट भीसामार्फत खातामा रकम पठाउन सकिने सेवाको सुरुवात गरेको छ । बैंकले भीसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।

बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । साथै, यस सेवा अन्तर्गत विश्वका कुनै पनि डाइरेक्ट भीसा प्लेटफर्ममार्फत रकम पठाउँदा एनआईसी एशियाले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिने बताइएको छ ।

बैंकले यस्का लागि रकम पठाउने विदेशी तथा स्वदेशीहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने जनाएको छ । बैंकले विदेशमा रहेर आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास लिएको छ ।

बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

वि.सं.२०७९ भदौ २९ बुधवार १६:०३ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...