back
CTIZAN AD

युनाईटेड शेर्पा एसोसिएशन अमेरिकाको गृष्माकालीन खेलकुद प्रतियोगिता, तामाङ एफसी प्रथम

वि.सं.२०७९ भदौ २९ बुधवार

714 

shares

अमेरिका । युनाईटेड शेर्पा एसोसिएशन (यु.एसए) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।

झण्डै २ दशकदेखि उक्त प्रतियोगिता आयोजना गर्न लागेको २६ वर्ष भइसकेको तर कोभिड १९ का कारण सन् २०२० र २०२१ मा आयोजना गर्न नसकिएको जनाउँदै हाल गृष्माकालीन खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर हालको कार्यसमितिले प्राप्त गरेको जनाएको छ ।

शेर्पा किदुक अमेरिका न्यूयोर्क स्थापनाको २५ औं बर्षगाँंठ मनाउन पाउनु र २५ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाउनुलाई एउटा ठुलो र गर्विलो अवसरको रूपमा लिएको संस्थाले जनाएको छ ।
यस बर्ष २५ औ बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिता १३ वटा अन्तर राज्यका टीमहरूबीच अगष्ट २६ देखि खुल्ला फुटबल प्रतियोगिताबाट शुरू भै फाईनल खेल अगष्ट २९ का दिन न्यूयोर्कको रेन्डल्स आईल्याण्डमा सम्पन्न भएको संस्थाले जनाएको छ ।

सो प्रतियोगितामा तामाङ एफसीले प्रथम स्थान हाँसिल गरि यस बर्षको ट्रफी र नगद पुरस्कार ५ हजार ५५५ डलर हात पार्न सफल भयो भने बाल्टीमोर एफसीले रनर अप ट्रफी र नगद ३ हजार ३३३ डलर हात पार्न सफल भएको छ ।

त्यसैगरी सधै झै लेभर डे वीक ईण्डको मौका छोपेर युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको २५ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिताको शनिबार सेप्टेम्बर ३ तारिख र आईतबार र ४ तारिखका दिन बाँकी रहेका शेर्पा क्षोक्पाहरू बीचको भलिबल खेल, अन्तरराज्य भलिबल, ३५ प्लसको फुटबल, सट फुट/ छेलो हान्ने, डोरी तान्ने, पटलक समेतको आयोजना गरि समापन गरिएको छ ।

न्यूयोर्कस्थित नेपाली महांबाणिज्यदूत गणेश प्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न समापन तथा पुरूस्कार वितरण कार्यक्रममा अन्य अतिथिमा खेलकुद प्रतियोगिताका प्रायोजकहरू, न्यूयोर्कका नेपाली संघ संस्थाका पदाधिकारीहरू, न्यूयोर्कस्थित शेर्पाहरूका क्षोक्पा/समाज तथा संघ संस्थाका पदाधिकारीहरू, शेर्पा किदुग अमेरिकाका पूर्व पदाधिकारीहरू रहेका थिए ।

पुरूस्कार तथा पदकहरू प्रमुख अतिथि, अन्य अतिथिहरू, शेर्पा किदुगको बोर्ड अफ ट्रष्टीका सदस्यहरू, शेर्पा किदुगका वर्तमान बोर्ड (कार्यसमितिका सदस्यहरू) का सदस्यहरू, शेर्पा किदुगको खेलकुद समितिका सदस्य तथा प्रशिक्षकहरू सबैले मिलेर बितरण गरेका थिए ।

संस्थाले मूलत हालको कार्यसमितिले मात्रै होईन हालसम्मका सबै कार्यसमिति र युनाईटेड शेर्पा एसोसिएशन (युएसए) ईंक\शेर्पा किदुक अमेरिका न्यूयोर्कको सबै तप्काका सदस्यहरू यस संस्थाको परिकल्पना गरि स्थापना गर्नेदेखि संस्थालाई हालको उचाईमा पुर्याउने सबैप्रति संस्थाले आभार व्यक्त गरेको छ ।

उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, खेलकुद कार्यक्रमको उद्धघाटनमा मंगलपाठमा सरिक बोर्डका धार्मिक क्रियकलाप संयोजक आङ बाबु लामा, बिभिन्न शेर्पा क्षोक्पा तथा संघ–संस्थाहरू, खेलकुदका बिभिन्न बिधाका रेफ्रीहरु, खेलकुदमा भाग लिका सम्पूर्ण अन्तर क्षोक्पा र अन्तर राज्यका खेलाडीहरू तथा मेनेजरहरू, पटलगका सहभागीहरू, प्रमुख अतिथि न्यूयोर्कस्थित नेपाली बाणिज्यदूत गणेश प्रसाद गौतम, बिभिन्न नेपली संघ संस्थाका अध्यक्षहरू, प्रतिनिधिहरू, पत्रकारहरू, अभिभावकहरू, शेर्पा किदुग अमेरिका न्यूयोर्कका सल्लहाकारहरू, संरक्षक समिकिका संयोजक लगायत सम्पूर्ण सदस्य ज्यूहरू,कार्य समितिका सदस्यहरूका परिवारका सदस्य ज्लगायत सम्पूणमा संस्थाले धन्यवाद व्यक्त गरेको छ ।

 

वि.सं.२०७९ भदौ २९ बुधवार १५:५१ मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...