back
CTIZAN AD

चोलेन्द्रको बयानप्रति पूर्वन्यायाधिश फोरमको आपत्ति, आरोप पुष्टि गर्न चुनौती

वि.सं.२०७९ भदौ २९ बुधवार

711 

shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराले पूर्व न्यायाधिशहरुले भागवण्डा खोजेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंमा पत्रकार सम्मलेन गरी पूर्वन्यायाधिशहरुले राणासँग फोरमका कुनै पनि सदस्यले भागबण्डा वा सहुलियत नखोजेको बताउँदै आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएका बयानप्रति खेद प्रकट गरेका छन् ।

राणाले बयानका क्रममा आफूहरुप्रति अमर्यादित शब्द प्रयोग गरेको भन्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘संस्थामा आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्बित प्रधानन्यायाधीशको वयानप्रति यस पूर्वन्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ,’ राणाले बयानका क्रममा पूर्व न्यायाधीशहरुलाई विभिन्न आरोप लगाएपछि महाअभियोग समितिले उनीहरुलाई समेत बयानका लागि बोलाउने निर्णय गरेको छ । फोरमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ भदौ २९ बुधवार १५:०१ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...