back
CTIZAN AD

पूर्वप्रधानन्यायाधीशहरु पनि महाभियोग समितिले बोलाएको छलफलमा नजाने

वि.सं.२०७९ भदौ ३० बिहीवार

669 

shares

काठमाडौं । सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरू प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बोलाएको छलफलमा नजाने भएका छन् । समितिले बिहीबार दिउँसो १ बजेका लागि पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई छलफलका लागि बोलाएको थियो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले समितिलाई दिएको बयानका क्रममा पूर्वन्यायाधीहरूले पनि सर्वोच्चलाई दबाब दिने गरेको, आफूलाई मुद्दाको सुनुवाइमा दबाब दिएको लगायतका आरोप लगाएका थिए। राणाको आरोपलाई लिएर समितिले पूर्वप्रधानन्यायाधिशलाई छलफलका लागि बोलाएको थियो ।

तर, उनीहरुले समितिमा उभिएर आफूहरुले बयान दिन उपयुक्त नहुने भएकाले समितिलाई सम्मान गर्दै नजाने निर्णय गरेको पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बताएका छन् ।

राणाले बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो । समितिले बोलाएको पत्र पाएपछि बुधबार अपराह्न साढे ४ बजे सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्ट बसेको थियो । फुलकोर्टले न्यायाधीशहरूलाई महाभियोग सिफारिस समितिमा उपस्थित गराएर सवालजवाफ गर्नु संवैधानिक मान्यताविपरीत हुने ठहर गरेको थियो ।

सर्वोच्च अदालतका कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले फुलकोर्टको उक्त निर्णय बुधबार नै महाभियोग सिफारिस समितिलाई पठाइदिएका छन् ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १२:०६ मा प्रकाशित

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...