back
CTIZAN AD

चार दिने भ्रमण सम्पन्न गरी चिनियाँ नेता ली फिर्ता

वि.सं.२०७९ भदौ ३० बिहीवार

621 

shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार नेपाल आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु चार दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्किएका छन् ।

चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरेका छन् । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए। उनी सोमबार विशेष विमानबाट काठमाडौं आइपुगेका थिए । चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेका थिए । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए । परराष्टमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।

वि.सं.२०७९ भदौ ३० बिहीवार ११:५४ मा प्रकाशित

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...