काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ। शुक्रबार आयोगले आफ्नो वेबसाइटमार्फत नमुना मतपत्र सार्वजनिक गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरमा हुने निर्वाचनका लागि समानुपातिकतर्फ २१ लाख नमुना मतपत्र छपाइ भएको छ । हाल मूल नमुना मतपत्र छपाइको काम भइरहेको छ ।
आयोगले प्रदेशतर्फको पनि नमुना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले प्रतिनिधि सभाको र प्रदेश सभाको छुट्टै सार्वजनिक गरेको हो। यस्तै सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरेको हो।
यस्तो छ समानुपातिकतर्फको नमुना मतपत्र
वि.सं.२०७९ भदौ ३१ शुक्रवार ११:५९ मा प्रकाशित






























