काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा चलाइरहेका सबै मोबाइल सेट एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था गरेसँगै विदेशबाट ल्याइएका मोबाइल के हुने भन्ने अन्योल सबैलाई देखिएको छ । यसअघि विदेशबाट ल्याएका मोबाइल चल्छ वा चल्दैन धेरैलाई अन्योल छ ।
तर, प्राधिकरणले ३० भदौभन्दा अघिसम्म विदेशबाट ल्याएका सबै मोबाइल स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने बताएको छ । ३० भदौपश्चात भने नयाँ विधिअनुसार दर्ताको प्रक्रियामा जानुपर्ने हुन्छ । यदी एमडिएमएस सिस्टममा दर्ता नगराएमा मोबाइल चल्ने छैनन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ ।
मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयत गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।

वि.सं.२०७९ भदौ ३१ शुक्रवार १२:२१ मा प्रकाशित






























