काठमाडौं । प्रभु बैंकले मुद्दती खातामा आकर्षक ब्याज दिने भएको छ । बैंकले विदेशबाट रेमिट्यान्स गरी पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज भुक्तानी गर्ने जनाएको हो ।
बैंकले यसो हुँदा विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने जनाएको छ । साथै, विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन टेवा मिल्ने बैंकले जनाएको छ ।
बैंकले उन्नति बचत खातामै बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकले शनिबारदेखि यो ब्याजदर कार्यान्वयनमा आउने जनाएको छ ।
वि.सं.२०७९ भदौ ३१ शुक्रवार १४:३४ मा प्रकाशित



























