back
CTIZAN AD

ओएसएमका तीन पांग्रे विद्युतीय सवारी नेपाल भित्रिँदै

वि.सं.२०७९ असोज २५ मंगलवार

654 

shares

काठमाडौं । एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ ।

कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको जानकारी दिएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन ल्याएर बिक्री वितरण गर्न लागिएको कम्पनीको भनाई छ ।

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एंगेलियन ओमगा ग्रुप अफ विजनेसको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पाट्र्स निर्माणमा केन्द्रित छ ।

समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ । विद्युतीय सवारी साधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालिले आफ्नो इन–हाउस आरएन्डडी सुविधामा थ्री व्हिलर सवारी साधनहरू आकर्षक डिजाइनमा विकास गरेको हो ।

कार्गाे सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी भारतको नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनी सुरुवात भएको कम्पनीको वेबसाइटमा उल्लेख छ । इलेक्ट्रिक थ्री व्हिलरवाट आफ्नो यात्रा शुरु गरेको कम्पनीले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउँदै छ ।

वि.सं.२०७९ असोज २५ मंगलवार ०८:३६ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...