back
CTIZAN AD

युक्रेनमा भएको रुसी आक्रमणमा ११ जनाको मृत्यु, दर्जनौँ घाइते, पुटिनले दिए यस्तो चेतावनी

वि.सं.२०७९ असोज २५ मंगलवार

993 

shares

कीभ, युक्रेन । युक्रेनमा सोमबार भएको रूसी आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ ।

“युक्रेनको भूमिमा रुसी महासङ्घले गरेको क्षेप्यास्त्र आक्रमणका कारण अहिलेसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्,” राष्ट्रिय प्रहरी सेवाले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । “रुसी आक्रमणबाट परेको प्रभावको प्रमाण सङ्कलन गर्ने काम भइरहेको छ ।
युक्रेनको राजधानी कीभमा सोमबार बिहानै रूसले आक्रमण गरेको थियो ।

कीभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणमा परी राजधानीमा मात्र कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

“कीभमा रकेट आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् । तीमध्ये ४२ जनालाई अस्पताल भर्ना गरिएको छ,” क्लिट्स्कोले सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियोमा भन्नुभएको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलका अनुसार सोमबारको आक्रमणमा कीभ र आठ क्षेत्रमा ११ वटा महत्वपूर्ण पूर्वाधार संरचनामा क्षति पुगेको छ ।

“अस्थायी विद्युत्, पानी र सञ्चार कटौतीका लागि तयार हुन आवश्यक छ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

मस्कोले कीभलाई दोषी ठह¥याएको रसिया र क्रिमिया जोड्ने पुलमा ठूलो विस्फोट र क्षति भएको दुई दिनपछि युक्रेनको सेनाले रुसले युक्रेनमा ८४ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

पुटिनद्वारा कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने चेतावनी 

यसैबीच, रुसी सेनाले युक्रेनमा सोमबार बिहानै घातक बमबारी गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने चेतावनी दिएका छन् ।

युक्रेनमा सोमबार भएको महिनौँ यताकै सबैभन्दा ठूलो हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यो सप्ताहन्तमा रूसलाई मस्कोसँग जोडिएको क्रिमियाली प्रायद्वीपसँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पु¥याएको विस्फोटको प्रतिशोध थियो ।

युक्रेनी सेनाले देशका विभिन्न सहरमा रूसी सेनाल ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको र रूसले छिमेकी बेलारूसबाट प्रक्षेपण गरिएका इरानी ड्रोन पनि प्रयोग गरेको जनाएको छ ।

पुटिनले आफ्नो सुरक्षा परिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै भने, “यसमा कुनै शङ्का नहोस्, यदि ‘आतङ्कवादी हमला’को प्रयास जारी रह्यो भने रूसको प्रतिक्रिया कडा हुनेछ ।”

पुटिनका पूर्ववर्तीसमेत रहेका नेता दिमित्री मेदभेदेभले सामाजिक सञ्जालमार्फत युक्रेनमा पानी र बिजुली सेवा अवरुद्ध पार्ने आक्रमण सुरूआत मात्र भएको चेतावनी दिएका छन् ।

रूसको रक्षा मन्त्रालयले युक्रेनी ऊर्जा, सैन्य कमाण्ड र सञ्चार केन्द्रलाई निशाना बनाएको पुष्टि गर्दै आक्रमण सफल भएको र ‘आफ्नो उद्देश्य हासिल गरेको’ दाबी गरेको छ ।

नागरिक लक्षित आक्रमण भएको युक्रेनी दाबी 

आक्रमण र त्यसपछिको वातावरणबारे बताउँदै ३९ वर्षीया भाषा शिक्षक केसेनिया रयाजानसेवाले एएफपीसँग भनिन्, “जब हामीले पहिलो विस्फोटको आवाज सुन्यौँ त्यतिबेला हामी सुतिरहेका थियौँ । हामी उठेर हेर्न गयौँ र त्यसैबेला दोस्रो विस्फोट भयो ।

उनले भनिन् “यहाँ कुनै पनि सैन्य लक्ष्य वा त्यस्तो केही छैन । यो त केबल युक्रेनी निहत्था नागरिकमाथिको आक्रमण हो ।” नागरिकों की हत्या कर रहे हैं ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको उद्देश्य युक्रेनी ऊर्जा पूर्वाधार ध्वस्त पार्नु रहेको बताउनुभएको छ । देशभरका क्षेत्रीय अधिकारीहरूले सेवाहरूमा व्यापक अवरोध भएको पुष्टि गरेका छन् ।

(रासस/एएफपी)

वि.सं.२०७९ असोज २५ मंगलवार ०८:५३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...