back
CTIZAN AD

१ लिटर पानीको १६ रुपैयाँ भन्दा बढी नलिन विभागको निर्देशन

वि.सं.२०७९ असोज २६ बुधवार

705 

shares

काठमाडौं । १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।

विभागले तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाएपछि व्यावसायीलाई बोलाएर सम्झाएको हो । काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ ।

व्यवसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन् । यस्तै जारको पानीमा ५० देखि ६० रुपैँया असुल गर्दै आएका छन् ।

विभागले सोमबार पानी उत्पादक तथा बिक्रेताहरुलाई बोलाएर मनलाग्दी पानी बिक्री नगर्न भनेको थियो ।

यस्तै व्यावसायीहरुले २० लिटरको जार भनी १९ लिटरको जार बनाएर बिक्री गर्ने गरेको पनि देखिएको छ । पानीको गुणस्तर पुगे÷नपुगेको जारको गुणस्तर भए÷नभएको विषयमा विभागले अनुगमन समेत सुरु गर्ने भएको छ । पानीको मूल्य र गुणस्तको विषयमा विभाग गम्भिर बनेको विभागका महानिर्देशक महेश भट्टराईले बताए । महानिर्देशक भट्टराईले भने ‘पानीको मूल्य र गुणस्तरको विषयमा व्यावसायीहरुलाई सजग बनाएका छौं, यससँगै अनुगमनलाई पनि अघि बढाउने तयारी गरेका छौं ।’

पानीको मूल्यको विषयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अध्ययन गरी पानीको मूल्य तोकि लागू गर्न निर्देशन दिएको छ । सो मूल्य लागू गर्न विभागले आग्रह गरेको हो । जसअनुसार उपत्यका बाहिर १ लिटर बोतलको २० रुपैयाँ र २० लिटर जारको ६० रुपैयाँ तोकिएको छ ।

 

वि.सं.२०७९ असोज २६ बुधवार ०८:४० मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...