back
CTIZAN AD

स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाले पाए बीमा बापतको ६६ करोड ८१ लाख

वि.सं.२०७९ असोज २६ बुधवार

873 

shares

काठमाडौं । सरकारले पछिल्लो पटक स्वास्थ्य बीमा बापत ६६ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार गत असोज १४ गतेको निर्णय बमोजिम सरकारले असोज २४ गते विभिन्न स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गरि बाँकी कुल ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ भुक्तानी दिएको हो ।

यस्तो भुक्तानी पाउनेमा ३४३ स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य चौकीहरू रहेका छन् । यस्तो भुक्तानी यसै आर्थिक वर्षको गत भदौ २२ गते ३३८ अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई सरकारले २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७६८ रुपैयाँ भुक्तानी दिएको बोर्डले जनाएको छ ।

यो सहित चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा बापत कुल ३ अर्ब ३३ करोड ९३ लाख माथि भुक्तानी गरेको छ । स्वास्थ्य बीमा कार्याक्रम लागू भएयता सरकारले २४ अर्ब रुपैयाँ माथिको भुक्तानी गरिसकेको छ ।

वि.सं.२०७९ असोज २६ बुधवार ०८:४४ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...