back
CTIZAN AD

तीन महिनामै २७ अर्बभन्दा बढीको खाने तेल आयात

वि.सं.२०७९ कात्तिक १४ सोमवार

720 

shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट २७ अर्ब ४१ करोड २८ लाख ६९ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ । गत साउन, भदौ र असोज महिनामा नेपालले उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालले १४ अर्ब ४ करोड ८ लाख ५४ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । उक्त मुल्यमा ६ करोड २४ लाख १९ हजार ७६७ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

सोही समयमा नेपालले ९ अर्ब ९७ करोड २ लाख १५ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ । उक्त मुल्यमा ५ करोड ८४ लाख ४९ हजार ७२१ लिटर कच्चा पाम तेल नेपाल भित्रिएको छ ।

यस्तै बितेको तीन महिनामा ३ अर्ब ४० करोड १७ लाख ९९ हजार रुपैयाँको १ करोड ६२ लाख ९१ हजार ४६३ लिटर कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ११ अर्ब ९२ करोड २८ लाख ८७ हजार रुपैयाँ कमको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ३९ अर्ब ३३ करोड ५७ लाख ५६ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो ।

वि.सं.२०७९ कात्तिक १४ सोमवार १४:१९ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...