back
CTIZAN AD

कुमारी बैंकको खुद नाफा ८५.०७ प्रतिशतले बढ्यो

वि.सं.२०७९ कात्तिक १४ सोमवार

633 

shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकको खुद नाफा ८५.०७ प्रतिशतले बढेर एक अर्ब १४ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको यसै अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशतले बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले एक अर्ब २८ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

यसको सञ्चालन नाफा ८६.०१ प्रतिशतले बढेर एक अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ७६.०८ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी एक रुपैयाँ ६३ पैसाले बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ३६ पैसा छ ।

कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्ज हुँदैछन् । मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले ११ असोजदेखि दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंकले १० असोजमा मर्जरमा जाने सम्झौता गरेका हुन् ।

मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।

वि.सं.२०७९ कात्तिक १४ सोमवार १४:१७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...