back
CTIZAN AD

नुवाकोट काँग्रेसले गाउँ र नगरपालिका संयोजक तोक्यो

वि.सं.२०७३ चैत १८ शुक्रवार

759 

shares

 १८ चैत, त्रिशूली (नुवाकोट)। नेपाली काँग्रेसले जिल्लामा गाउँपालिका र नगरपालिकामा पार्टीका संयोजक र सहसंयोजक तोकेको छ ।

काँग्रेसका जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा आज सदरमुकाम विदुरमा बसेको जिल्ला समितिको बैठकले जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा संयोजक तोकेको हो ।

सोअनुसार विदुर नगरपालिकाका संयोजकमा नेत्रप्रसाद ढकाल र बेलकोटगढी नगरपालिकामा गोकुलप्रसाद दाहाललाई पार्टीको नगरसंयोजक तोकिएको छ । यस्तै दुप्चेश्वर गाउँपालिकाका संयोजकमा इन्द्रबहादुर पाण्डे, तादीमा नारायण पाण्डे, पञ्चकन्यामा बैकुण्ठ खनाल, सूर्यगढीमासन्तबहादुर घले, शिवपुरीमा प्रेमबहादुर थापा, ककनीमा सुप्पोल लामा, लिखुमा पर्शुराम लामिछाने, तारकेश्वरमा होमबहादुर तामाङ, मेघाङमा सिंहराज तामाङ र किस्पाङमा रणबहादुर तामाङलाई तोकिएको काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो ।

केन्द्र परेको साबिकका गाविस र नगरपालिकाभन्दा बाहेकका अन्य गाविस र नगरपालिकाका सभापति अहिलेको गाउँपालिका र नगरपालिकामा सहसंयोजकको जिम्मेवारीमा रहने जिल्ला सचिव अधिकारीले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ चैत १८ शुक्रवार १५:२२ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...