काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजसँग सम्झौता गरेको छ ।
हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशोधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात बैंकले कलेजका विद्यार्थीहरुका लागि इन्टर्नसिप अवसर, जब फेर प्रोगाम, बैंकिङ अवार्नेस प्रोगाम, गेस्ट लेक्चरर भिजिट लगायत अन्य कार्यक्रमहरू प्रदान गर्ने जनाइएको छ । यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:५० मा प्रकाशित






























