back
CTIZAN AD

बाबा भेजिटेबल इन्डस्ट्रिजको कारोबार ३८ प्रतिशतले वृद्दि

वि.सं.२०७९ कात्तिक २१ सोमवार

525 

shares

काठमाडौं । खानेतेल बेच्ने बाबा भेजिटेबल इन्डस्ट्रिजको कारोबार ३८ प्रतिशतले बढेको छ । भारततर्फ खानेतेल निर्यातमा केन्द्रित यो कम्पनीले २०२१/२२ मा ७ अर्ब ५९ करोड २० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ ।

बाबा तेल उद्योगले गत वर्ष २०२१ मा ५ अर्ब ५१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । २०२० मा कारोबार रकम ३ अर्ब ९ करोड ३० लाख रुपैयाँ थियो भने २०१९ मा दुई अर्ब १७ करोड १० लाख रूपैयाँ थियो ।

मोरङमा प्रशोधन उद्योग रहेको बाबा तेल उद्योगसँग कुल ४५ हजार टन भटमास, पामोलिन, सूर्यमुखी र पाम आयल उत्पादन गर्ने क्षमता छ ।
उद्योगले सिद्धबाबा ब्राण्डबाट स्वदेशी बजारमा तेल बिक्री गर्दै आएको छ । उद्योगले भारतमा समेत तेल निकासी गर्दै आएको छ । २०२२ मा उद्योगले कुल बिक्रीको ८० प्रतिशत निर्यातबाट आर्जन गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ ।

उद्योगले गर्ने कुल आम्दानीमा तेल निर्यातको हिस्सा नै अधिकांश रहेको देखिन्छ । उद्योगले २०२० मा दुई अर्ब १९ करोड ७० लाख रुपैयाँको तेल निर्यात गरेकोमा २०२१ मा बढाएर तीन अर्ब ९७ करोड १० लाख रुपैयाँ पु¥याएको थियो ।

भारतीय सीमाभन्दा १५ किलोमिटर वर बाबा तेलको उद्योग रहेकाले निकासीका लागि ढुवानी लागतमा यस उद्योगलाई प्रतिस्पर्धात्मक लाभ मिलेको छ ।

यसैका कारण उद्योगको आम्दानीमा यसको प्रत्यक्ष प्रभाव परेको बताइएको छ । कम्पनीको वित्तीय जोखिम क्रमशः हट्दै गएको केयर रेटिङ्स नेपालले जनाएको छ । उद्योगको कुल संचालन नाफा, नाफाको मार्जिन, पुँजीको संरचनालगायतका सूचकमा सुधार आएकाले वित्तीय जोखिम हट्दै गएको बताइएको छ ।

उद्योगमा प्रकाशकुमार मुन्दडा र सुरेश कुमार राठीको लगानी छ । कम्पनीले केयर रेटिङ्स नेपालबाट २ अर्ब ६ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एथ्री रेटिङ पुनःपुष्टि गराएको छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०९:०९ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...