back
CTIZAN AD

रमेश कर्प र कजारिया टाइल्स कम्पनीको लगानीमा नेपालमा बृहत टाइल्स कम्पनी स्थापना हुने

वि.सं.२०७९ कात्तिक २१ सोमवार

612 

shares

काठमाडौं । रमेश कर्प र भारती कजारिया सेरामिक्स कम्पनीले संयुक्त लगानीमा नेपालमा वृहत टाइल्स कम्पनी स्थापना गर्ने भएका छन् । आइतबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीको संयुक्त लगानीका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार यी दुई कम्पनीले ४ अर्ब रुपैयाँ लगानीमा नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स कम्पनी स्थापना गर्नेछ । जसले वार्षिक ८ लाख वर्ग मिटर टाइल्स उत्पादनको क्षमता राख्नेछ ।

कजारिया विश्वको सातौ नम्बर तथा भारतको नम्बर १ टाइल्स उत्पादक कम्पनी हो भने रमेश कर्प नेपालको प्रसिद्ध टाइल्स कम्पनी हो । सम्झौतापत्रमा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष÷प्रबन्ध निर्देशकअशोक कजारियाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुवै कम्पनीको लगानी ५०/५०प्रतिशत हुनेछ भने नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गरिनेछ ।

यस्तै, सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता ८लाख वर्ग मिटर हुनेछ र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नव निर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना गर्न लागिएको कम्पनीको भनाइ छ । यसबाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिने समेत ज्वाइन्ट कम्पनीको भनाइ छ ।

कजारिया सेरामिक्स लिमिटेडका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘नेपाल हाम्रा लागि सधैँ महत्वपूर्ण बजार भएको छ । हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ ।

यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ । हामी विश्वस्त छौँ कि, यो सुविधा सम्पन्न प्लान्ट एक प्रतिष्ठित नमुना उद्योग बन्नेछ जसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिनेछ ।’

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०९:१० मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...