back
CTIZAN AD

एमालेले समानुपातिकतर्फ १८ लाख बढी मत कटायो, अन्य पार्टीले कति कटाए त ?

वि.सं.२०७९ मंसिर १० शनिवार

633 

shares

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा ९एमाले०ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा ९माओवादी केन्द्र०ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार नौ सय ४३, नेकपा ९एकीकृत समाजवादी०ले एक लाख ६४ हजार आठ सय ५६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५६ हजार पाँच सय ८२ र जनमत पार्टीले एक लाख ४८ हजार चार सय चार मत प्राप्त गरेको छ ।

प्रदेश नं १ को प्रदेशसभातर्फ पनि एमाले अगाडि देखिएको छ । एमालेले तीन लाख पाँच हजार चार सय आठ मत प्राप्त गरेको छ । कांग्रेसले दुई लाख ७० हजार नौ सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९६ हजार छ सय चार, माओवादी केन्द्रले ८६ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले ३९ हजार २५ र एकीकृत समाजवादीले २४ हजार ५० मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि छ । मधेसमा कांग्रेसले एक लाख ४२ हजार तीन सय २४ मत पाउँदा एमालेले एक लाख १४ हजार सात सय ७५, जसपा नेपालले ९९ हजार ५६, जनमत पार्टीले ७७ हजार पाँच सय एक, माओवादी केन्द्रले ५१ हजार एक सय ६०, लोसपाले ३८ हजार ४७ र एकीकृत समाजवादीले ३३ हजार एक सय १८ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशसभामा एमाले तीन लाख एक सय ६४ मतसहित अगाडि छ । कांग्रेसले दुई लाख ६२ हजार पाँच सय ४४, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ४२ हजार एक सय १८, नेपाल मजदुर किसान पार्टीले ५९ हजार पाँच सय ६८ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशसभामा एमालले दुई लाख ९१ हजार एक सय पाँच मत पाएको छ । कांग्रेसले दुई लाख ६८ हजार आठ सय ८०, माओवादी केन्द्रले एक लाख सात हजार छ सय ५६ र राप्रपाले ५१ हजार आठ मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेले तीन लाख ८३ हजार सात सय ८९, कांग्रेसले तीन लाख ४६ हजार सात सय आठ, माओवादी केन्द्रले एक लाख ३५ हजार नौ सय चार, राप्रपाले ८३ हजार आठ सय ९३, नागरिक उन्मुक्ति पार्टीले ५० हजार एक सय ४३ र जनता समाजवादी पार्टीले ५० हजार ९० मत पाएका छन् ।

कर्णालीमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ८४ हजार दुई सय ९५ मत पाउँदा एमालेले ८३ हजार नौ सय ४९, कांग्रेसले ६६ हजार नौ सय ११, एकीकृत समाजवादीले १९ हजार नौ सय १५ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेले एक लाख ९० हजार पाँच सय ७७, कांग्रेसले एक लाख ७९ हजार सात सय २२, माओवादी केन्द्रले ८५ हजार दुई सय ४७, नागरिक उन्मुक्ति पार्टीले ५२ हजार छ सय पाँच र एकीकृत समाजवादीले ३३ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।

वि.सं.२०७९ मंसिर १० शनिवार ११:३३ मा प्रकाशित

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंक लिमिटेडकोे आफ्नै केन्द्रिय कार्यालय भवनको उद्घाटन भएको...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...