कठमाडौँ । कतारमा भईरहेको फिफा विश्वकपको आज दोस्रो चरणको दोस्रो दिन चार खेल हुदै छ । समुह ‘सी’ को दुई खेल र समूह ‘डी’ को दुई खेल गरि चार खेल हुने भएको छ ।
पहिलो चरणमा डेनमार्कसँग बराबरीले विश्वकप सुरु गरेको ट्युनिसियाले दिउँसो ३ः४५ मा अष्ट्रेलियासँग भिड्नेछ भने पोल्याण्ड र साउदी अरेवियाको ६ः४५ मा प्रतिश्प्रर्धा हुनेछ ।
पहिलो खेल मध्यरातमा खेलेकाे फ्रान्सले दोश्रो खेल भने बेलुका ९ः४५ मा डेनमार्कसँग खेल्ने छ । साथै आजको अन्तिम खेल अर्जेन्टिनाले मेक्सीकोसँग राति १२ः४५ मा आमने -समाने गर्ने छन् ।
त्यसैगरि शुक्रबार दोस्रो चरणको पहिलो खेलमा इरानले वेल्सलाई २-० ले पराजित गरेको छ भने पहिलो चरणाकाे खेलमा पराजित भएको सेनेगले कतारलाई ३-१ ले हराएकाे छ भने सोहि दिनको तस्रो खेलमा नेदरल्यान्ड्स र इक्विडरले १ -१ गाेल गरी बराबरी बनाएका छन भने हिजाेकाे अन्तिम खेलमा इङ्ल्यान्ड र अमेरिकाले पनि बराबरी गरेका छन् ।
वि.सं.२०७९ मंसिर १० शनिवार १०:०६ मा प्रकाशित






























