back
CTIZAN AD

नुवाकोट -१ र काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ र दोङ विजयी

वि.सं.२०७९ मंसिर १० शनिवार

876 

shares

काठमाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन् ।

त्यसैगरी उनका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गरेका छन् ।

काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।

त्यस्तै नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीन सय ७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका तामाङ यसअघि विसं २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले छ हजार एक सय १३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार छ सय ११ मत प्राप्त गरे । चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिए ।

 

वि.सं.२०७९ मंसिर १० शनिवार ०८:३० मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...