back
CTIZAN AD

तनहुँमा सर्वाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

888 

shares

तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबले जिल्लामा सर्वाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

यही मङ्सिर २९ देखि आगामी पुस ७ गतेसम्म दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप २०७९ आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख पाँच हजार पाँच सय ५५, दोस्रोलाई रु एक लाख १५ हजार पाँच सय ५५ सहित प्रमाणपत्र, मेडल र कप प्रदान गरिने क्लबका सचिव सुमन बस्नेतले जानकारी दिए ।

अनुशासित टोलीलाई रु आठ हजार, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजारका दरले नगद तथा प्रमणपत्रका साथमा मेडल प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई रु सात हजार पाँच सय र म्यान अफ द म्याचमा रु एक हजार पाँच सय तथा प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । खुला सेभेन ए साइड पुरुष फुटबल प्रतियोगितामा १५ टोलीले दर्ता गरिसकेको क्लबका उपाध्यक्ष कृष्णबहादुर दरैले जानकारी दिए ।

विसं २०५५ मा दर्ता भएको यस क्लबले समाजमा स्वास्थ्य, सरसफाइ, शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै खेलकूदका माध्यमबाट समाज र देशका लागि योग्य खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ आयोजित उक्त फुटबल प्रतियोगिता व्यास–३ बिपी वनबाटिकामा हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा रु नौ लाख सत्ताइस हजार एक सय दश खर्च हुने र रु आठ लाख सात हजार एक सय दश अपुग रहेको क्लबका अध्यक्ष नलबहादुर दरैले जानकारी दिनुभयो । उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, आमा समूह, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको उनले बताए । प्रतियोगितामा सहभागी हुन चाहनुहुने टोलीले मङ्सिर २८ गते बेलुकी ५ बजेसम्म दर्ता गरि सक्नुपर्ने क्लबले जनाएको छ ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार १३:०० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...