back
CTIZAN AD

चीनद्वारा अमेरिकालाई प्रतिबन्ध फिर्ता लिन र तिब्बत मामिलामा हस्तक्षेप नगर्न आग्रह

वि.सं.२०७९ मंसिर २७ मंगलवार

852 

shares

बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकालाई चिनियाँ अधिकारीहरूमाथि लगाइएका तथाकथित प्रतिबन्धहरू तत्काल फिर्ता लिन र तिब्बतको मामिलामा हस्तक्षेप गर्न बन्द गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनद्वारा जारी विज्ञप्तिमा सो आग्रह गरिएको हो । अमेरिकाले शुक्रबार दुई वरिष्ठ चिनियाँ अधिकारीहरूलाई तिब्बत स्वायत्त क्षेत्रमा गम्भीर मानवअधिकार हनन गरेको भन्दै प्रतिबन्ध लगाएपछि परराष्ट्र मन्त्रालयको यस्तो टिप्पणी आएको हो ।

वाङले अमेरिकी पक्षले घरेलु कानुन र तिब्बतमा तथाकथित मानवअधिकार मुद्दाहरूको बहानामा चिनियाँ अधिकारीहरूमाथि गैरकानुनी प्रतिबन्ध लगाएको बताएका छन् । यसबाट चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको र अन्तरराष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूमाथि नै गम्भीर उल्लङ्घन भएको बुझाइ चीनको छ ।

“चीनले यसको दृढतापूर्वक विरोध गर्दछ र यसको कडा निन्दा गर्दछ,” वाङले भने ।

उनले अमेरिकालाई अन्य देशहरूविरुद्ध अनावश्यक प्रतिबन्ध लगाउने अधिकार नरहेको भन्दै कुनै पनि देश “विश्व प्रहरी” को रूपमा काम गर्ने स्थितिमा नरहेको पनि उनको टिप्पणी छ ।

प्रवक्ताले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न चीनले प्रभावकारी र दृढतापूर्वक कदम चाल्ने पनि बताएका छन् । (रासस\सिन्ह्वा)

 

वि.सं.२०७९ मंसिर २७ मंगलवार ०८:३२ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...