back
CTIZAN AD

दक्षिण कोरियामा फेरि बढ्न थाले कोरोना सङ्क्रमित

वि.सं.२०७९ मंसिर २७ मंगलवार

1K 

shares

सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ८६ हजार आठ सय ५२ नयाँ कोभिड–१९ मा सङ्क्रमण देखिएको छ ।

यसैसँग सङ्क्रमितको कुल सङ्ख्या दुई करोड ७८ लाख ४१ हजार एक पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

जाडोमा पुनरुत्थानको बारेमा बढ्दो चिन्ताको बीचमा सेप्टेम्बर १४ यता ९० दिनमा यो उच्चतम दैनिक केस देखा परेको थियो ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको २२ हजार ६६७ बाट तीव्ररूपमा बढेको थियो र एक हप्ताअघि ७७ हजार ५९० भन्दाबढी थियो ।

गत हप्ताको लागि, नयाँ केसको दैनिक औसत सङ्ख्या ६१ हजार ७५० थियो । नयाँ केसमध्ये, ५५ विदेशबाट आयातित गरिएको थियो ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १८ कम भएर ४६० पुगेको छ । थप २९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ हजार १२८ पुगेको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ मंसिर २७ मंगलवार २०:१६ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...