काठमाडौं । बैंकहरुले समयक्रमसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीति लिइरहेका छन् । राष्ट्र बैंकको निर्देशन तथा आग्रहमा हालसम्म पाँच वाणिज्य बैंकले डिजिटल भुक्तानीलाई निशुल्क गर्ने नीति लिएका हुन् ।
उनीहरुले नेपाल टेलिकमसँगको साझेदारीमा मोबाइल एपलाई निःशुल्क बनाएका हुन् ।
ग्लोबल आईएमई बैंक, नेपाल बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक र सीभील बैंकका मोबाइल बैकिङ्ग एप चलाउँदा पैसा लाग्दैन । यी पाँचवटा बैंकका मोबाइल बैंकिङ एप नेपाल टेलिकमको नेटवर्कमा डेटा खोलेर चलाउँदा शुल्क लाग्दैन। अर्थात् नेपाल टेलिकमको मोबाइल डेटा खोलेर यी पाँचवटा बैंकको एप चलाउँदा पैसा लाग्दैन।
तर यदि मोबाइलमा ब्याकग्राउन्डमा खुलै रहेका र इन्टरनेट खपत गर्ने एप छन् भने त्यस्ता एपका कारणले शुल्क काट्नसक्छ। यसका लागि प्रयोगकर्ताले ब्याकग्राउन्ड एप बन्द गर्नुपर्छ।
वि.सं.२०७९ पुस १ शुक्रवार १३:१४ मा प्रकाशित






























