काठमाडाैं । प्राईम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेकाे हाे ।
सञ्चाकल समितिले ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेकाे छ । जसमा ४ प्रतिशत बोनश सेयर र कर प्रयोजका लागिसमेत गरी ४.९५ प्रतिशत नगद लाभांश दिनेछ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
वि.सं.२०७९ पुस १ शुक्रवार १३:३० मा प्रकाशित


























