back
CTIZAN AD

सांसदहरुको सपथको गृहकार्यमा संसद् सचिवालय

वि.सं.२०७९ पुस ४ सोमवार

1K 

shares

काठमाडौँ । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।

नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन् । हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएको थियो । उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब रु पाँच हजार आठ सयको लागतमा तयार भएको हो । शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । रासस

वि.सं.२०७९ पुस ४ सोमवार ०९:०३ मा प्रकाशित

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...