back
CTIZAN AD

संघीय सांसदको तलबभत्ता कति ? के–के छन् अन्य सुविधा ?

वि.सं.२०७९ पुस ४ सोमवार

1.7K 

shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यका रुपमा सपथ ग्रहण गरेकै दिनदेखि प्रतिनिधिसभा सदस्यले राज्यबाट सेवा सुविधा पाउने गर्दछन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सपथकै दिन सांसदहरुले कानुनको संग्रह, डायरी, झोला, कलम, सपथ राख्ने फाइल पाउनेछन् ।

सांसद आफुँले त तबल भत्ता पाउँछन् नै निजी सचिवालयका लागि पनि सुविधा पाउनेछन् । नयाँ सांसदले कोठा व्यवस्थापन गर्न सुरुमै फर्निचर वापतको रकमसमेत पाउनेछन् ।

सांसदलाई मासिक रुपमा अतिथि सत्कार गर्नसमेत राज्यले पैसा भुक्तान गर्दछ । प्रवक्ता पाण्डेका अनुसार सांसदले मासिक रुपमा एक हजार अथिति सत्कार गर्नको निम्ति पैसा पाउनेछन् ।

सांसदहरूले तलबबापत मासिक ६६ हजार ७० रुपैयाँ पाउनेछन् । काठमाडौं उपत्यकामा घर नभएका सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने छन् । घर हुने सांसदले भने घर मर्मतसम्भारबापत मासिक ८ हजार रुपैयाँ पाउँछन् ।

त्यस्तै, बिजुली, पानी, इन्टरनेट, टेलिफोन महसुल र पत्रपत्रिकाबापत मासिक ३ हजार रुपैयाँ पाउनेछन् । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सुरुमा पाउने व्यवस्था छ ।

त्यस्तै, बैठक बस्दा दैनिक १ हजार यातायात खर्च र १ हजार बैठक भत्ता पाउने व्यवस्था छ । सत्तापक्षका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिले गाडी सुविधा पाउने व्यवस्था छ ।

सांसदले एक अधिकृत स्तरको स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । जसअनुसार हालको तलबमानअनुसार ४३ हजार ६८८ रुपैयाँ खर्च हुन्छ ।

सांसदको स्वास्थ्य उपचार पनि सरकारले नै गर्ने व्यवस्था छ । अस्पताल भर्ना भएर गरिएको उपचार खर्च मात्र नभएर नियमित सेवन गर्ने औषधिसमेत सचिवालयले उपलब्ध गराउँछ ।

के–के पाउँछन् सुविधा ?

मासिक तलब : ६६ हजार ७० रुपैयाँ

बैठक भक्ता : २ हजार (यातायात भत्तासहित)

टेलिफोन, पत्रपत्रिका र इन्टरनेट : ३ हजार

आवास खर्च (काठमाडौंमा घर नहुनेलाई) : १८ हजार

घर मर्मत खर्च (काठमाडौंमा घर हुनेलाई): ९ हजार

बिजुली र पानी : २ हजार

अथिति सत्कार : १ हजार

फर्निचर : १५ हजार (सुरुमा एक पटक)

स्वीकय सचिव (अधिकृत स्तरको एक जना) : ४३ हजार ६८८

वि.सं.२०७९ पुस ४ सोमवार १३:१२ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...