back
CTIZAN AD

हारपछि रोइरहेका आफ्ना खेलाडीलाई सम्झाउन मैदानमै पुगे फ्रान्सेली राष्ट्रपति

वि.सं.२०७९ पुस ४ सोमवार

861 

shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ को प्रतियोगितामा अर्जेन्टिना फाइनल विजेता बन्दै विश्वकपको ट्रफि उचालेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको ट्रफि उचाल्दै इतिहास बनाएको हो ।

तर २०१८ मा जस्तै विश्वकपको ट्रफि आफ्नो देशमा लैजान अथक मेहनत गरेको फ्रान्सले भने फाइनल खेलमा अजेन्टिनासँग हार बेहोरनु परेको छ ।

कतारको लुसन स्टेडियममा आइतबार राति आयोजित खेलमा अर्जेन्टिनासँग ४–२ गोलले पराजित भएपछि फ्रान्सको विश्वकप घर लैजाने सपना तुहिएको हो । साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा अजेन्टिनाले ४–२ गोलले पराजित गरेको हो ।

अन्तिमसम्मको प्रयास असफल र पराजित भएसँगै फ्रान्सका चर्चित स्ट्राइकर किलियन एमबाप्पे भने मैदानमै बसेर रोएका थिए । दुःखी बनेका उनलाई फकाउन र सान्त्वना दिन फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन स्टेडियमबाट ओर्लिएर एम्बाप्पेलाई अँगालो हाल्दै धाप मारेर सान्त्वना दिएका थिए ।

फाइनल खेल हेर्न तथा खेलाडीको मनोबल बढाउन कतारको स्टेडियम पुगेका राष्ट्रपति म्याक्रोनले ड्रेसिंग रूम मेै पुगेर खेलाडीहरुसँग २० मिनेट सँगै बसेर कुराकानी गरेका थिए ।

यता फ्रान्सका खेलाडीले दुःख मनाइरहँदा उता अर्जेन्टिनाका खेलाडीहरु भने ड्रेसिंग रूममै रमाइलो गर्दै जितको खुसी मनाइरहेका थिए ।

 

वि.सं.२०७९ पुस ४ सोमवार १३:४१ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...