back
CTIZAN AD

वाणिज्य बैंकहरुप्रति किन छैन आकर्षण ? अधिकांशको मूल्य २ सय आसपास

वि.सं.२०७९ पुस ४ सोमवार

801 

shares

काठमाडौं । कारोबारमा रहेका अधिकांश वाणिज्य बैंकहरुको दोस्रो बजार (नेप्से)मा उपस्थिति निकै कमजोर देखिएको छ । मुनाफामा अगाडि नै रहेका र बलिया मानिएका वाणिज्य बैंकहरु पनि दोस्रो बजारमा निकै कमजोर स्थितिमा देखिएका हुन् ।

कारोबारमा रहेका २५ वाणिज्य बैंकमध्ये आधा जसो वाणिज्य बैंकहरुको दोस्रो बजारमा कारोबार निकै अत्यासलाग्दो छ । ठूला र बलिया मानिएका ग्लोबल आइएमई, प्रभू बैंक, मेघा बैंक जस्ता संस्थाहरुको शेयर मूल्य पनि प्रतिकित्ता २ सयभन्दा मुनि छ ।

सोमबार कारोबार चलिरहँदा २५ वाणिज्य बैंकमध्ये १० वाणिज्य बैंकको शेयर मूल्य २ सयभन्दा मुनि छ । त्यस्तै, ८ वाणिज्य बैंकको शेयर मूल्य ३ सयभन्दा मुनि छ ।

नबिल बैंक, एनआईसी एसिया र एभेरष्ट बैंकको मूल्य केही माथि भएपनि अन्य बैंकहरुको मूल्य भने ४ सयको आसपासमा छ ।]

किन छैन बैंकहरुप्रति आकर्षण ?

शेयर मूल्य निकै कममा कारोबार भए पनि अधिकांश वाणिज्य बैंकहरुको वित्तिय स्थिति बलियो छ । गत आर्थिक वर्षको मुनाफाको आधारमा लाभांश घोषणा गरेका अधिकांश बैंकहरुले लगानीकर्तालाई लोभ्याउने खालकै लाभांश दिएका छन् । केही बैंकको लाभांश निकै आकर्षक पनि छ ।

तर, दोस्रो बजारमा लगानीकर्ताभन्दा कारोवारीहरु हावी हुँदा आधारभुतरुपमा निकै कमजोर कम्पनीहरुको शेयर मूल्य माथि छ भने बलिया संस्थाहरु तल परेका छन् । तर, नयाँ लगानीकर्तालाई भने यस्ता शेयरमा लगानी गर्दा जोखिम निकै कम हुने गर्दछ । आर्थिक विश्लेषक वाणिज्य बैंकहरुमा लगानी गर्ने उत्तम समय भएको बताउँछन् ।

वि.सं.२०७९ पुस ४ सोमवार १४:१९ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...