back
CTIZAN AD

आप्रवासीको संरक्षण र सम्मान गर्न राष्ट्रसंघका महासचिवको आग्रह

वि.सं.२०७९ पुस ४ सोमवार

621 

shares

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन् ।उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन् ।

विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरुको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरुलाई विना कुनै भेदभाव सम्मान गर्नु पर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताए ।

विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताएका हुन् । उनले विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरुको संख्यामा पनि बृद्धि भइरहेको जानकारी दिए ।

विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने बर्गका आप्रवासीहरुमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरुको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने पनि बताएका छन् ।

विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरु देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरु यस अर्काे देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरुको सुरक्षाका लागि लाग्न पनि विश्वका देशहरुलाई आग्रह गरेका हुन् ।

उनले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरुका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासीहरु रहेका देशका सरकारहरुसँग आग्रह पनि गरेका हुन् । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ पुस ४ सोमवार १३:०७ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...