back
CTIZAN AD

गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने सम्भावना कति ? प्रचण्डको जवाफ यस्तो

वि.सं.२०७९ पुस ४ सोमवार

699 

shares

काठमाडौं । केही सञ्चार माध्यममा नयाँ बन्ने राष्ट्रपतिको विषयलाई लिएर अनेकन खालका अड्कलबाजीहरु भएका छन् । विशेषतः गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्ने चर्चा सञ्चार माध्यममा चलिरहेको छ ।

केही सञ्चार माध्यमले नामै किटेर पूर्वप्रधानन्याधीश खिलराज रेग्मीको चर्चा चलाएका छन् । राष्ट्रपति बन्न रेग्मी बुढानिलकण्ठदेखि बालुवाटार धाइरहेको चर्चा गरेका छन् ।

तर, चर्चामा आएको विषय कति सही हो स्पष्ट छैन । सोमबार रेग्मीबारे चलेको चर्चाबारे सञ्चारकर्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न तेर्साएका थिए । चितवन पुगेका अध्यक्ष प्रचण्डलाई के गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन लागिएको हो ? भनि सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

तर, प्रचण्डले भने यो चर्चालाई स्पष्टरुपमै खण्डन गरेका छन् । उनले गैराजनीतिक व्यक्ति राष्ट्रपनि हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

“ कतिपय बुद्धिजिवी साथीले सुझाव दिएको हो, तर त्यो अब सम्भव छैन, कुरा टुंगीसकेको छ”, प्रचण्डले भनेका छन्, “हामीले यसलाई छलफलको विषयसमेत बनाएका छैनौ ।”

प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र प्रधानमन्त्री आलोपालो हुने सम्भावना बढी रहेको बताए । तथापी, एमालेसँग पनि संवादमै रहेको उनले प्रष्ट्याएका छन् ।

वि.सं.२०७९ पुस ४ सोमवार १६:५४ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...