back
CTIZAN AD

किन आन्दोलनमा उत्रिए नेपाल लाइफका कर्मचारी ?

वि.सं.२०७९ पुस ४ सोमवार

702 

shares

काठमाडौं । नेपाल लाइफका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनकाे घाेषणा गरेका कमर्चारीहरूले साेमबार केन्द्रीय कार्यालयदेखि सबै शाखा तथा उपशाखाहरूमा विराेधस्वरूप एक घण्टे धर्ना दिए ।

कम्पनीले कर्मचारीहरूले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरे पछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

केहि व्यक्तिहरुबाट भएको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्न आन्दोलन गर्नु परेको युनियनले जनाएको छ ।

युनियनले भोलि पुस ५ गते पहिलो र दोस्रो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिदै सम्पुर्ण विभागीय प्रमुख तथा व्यवस्थापन टोलिहरुलाई दिउँसो एक बजेसम्मका लागि कार्यकक्ष प्रवेशमा रोक लगाउने कार्यक्रम तय गरेका छन् । यसका साथै उपत्यकाका सम्पुर्ण शाखा प्रमुख सहितको प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् ।

युनियनले तय गरेका संघर्षका कार्यक्रमलाई कम्पनीले संबोधन नगरेमा अझै सशक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने भएको छ । आन्दोलनका कार्यक्रमका क्रममा हुन सक्ने क्षति र कार्यसम्पादनमा आउन सक्ने असहजताको जस अपजसको भागिदार र सोको जवाफदेहिता स्वयं कम्पनी व्यवस्थापन हुने युनियनले जनाएको छ । आन्दोलनको संयोजक युनियनकै अध्यक्ष बसन्तराज कार्की छन् ।

युनियनले गत असर १३ गते नै कम्पनीको कर्मचारी सेवा शर्त विनियमावलीमा भएका व्यवस्था हाल कर्मचारीहरुले खाइपाइ आएको सेवा सुविधालाई नघटाउन मागपत्र पेश गरेको थियो । यसका साथै अन्य कम्पनीबाट माथिल्लो तहमा कुनै पनि कर्मचारी नियुक्त नगर्ने सहमति भएको थियो तर यि माग पुरा नभए पनि युनियनले साउन २५ गते ध्यानाकर्षण गराएको थियो ।

कम्पनीले कर्मचारीका मागलाई वेवास्था गर्दै गए पछि युनियनले कार्तिक १८ गते व्यवस्थापन र युनियनका पदाधिकारीहरु विचमा वार्ता तथा छलफल भएको थियो । यसरी भेटेरै लिखित तथा मौखिक रुपमा कर्मचारी सेवा सर्तका विषयमा भएका छलफल तथा सहमति कार्यान्वयनका लागि मंसिर २९ गतेसम्म समय अवधि दिएको थियो । तर माग पुरा नभए पछि हिजो पुस ३ गतेदेखि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

वि.सं.२०७९ पुस ४ सोमवार १७:०६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...