back
CTIZAN AD

सिभिल बैंकको लाभांश घोषणा, बोनस शेयर कति ?

वि.सं.२०७९ पुस ५ मंगलवार

738 

shares

काठमाडौं । हिमालयन बैंकसँग मर्जरको सहमति गरेको सिभिल बैंकले लाभांश घोषणा गरेको हो । सिभिल बैंकको पुस ५ गते सबेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्त पूँजीको ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

बैंकले बोनस शेयरको कर प्रयोजनका लागि पनि ०.२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । मर्जरको सहमति गरेको हिमालयन बैंकले पनि १९.११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार ११:४३ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...