back
CTIZAN AD

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता

वि.सं.२०७९ पुस ५ मंगलवार

924 

shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मनोनय दर्ता हुने भएको छ ।

दलको नेता चयनका लागि भोली बुधबार हुने निर्वाचनका लागि आज ८ देखि १० बजेसम्म मनोनय दर्ता, ११ बजेसम्ममा उम्मेदवारको दरखास्त उपर दावी विरोध र दिउँसो ३ बजेभित्रमा उम्मेदवारको अन्तिम प्रकाशन गरिने बताइएको छ । साथै उम्मेदवारका लागि दरखास्त शुल्क ५१ हजार तोकिएको छ ।

भोली बिहान ८ देखि १० बजेसम्म नेता चयनका लागि मतदान हुनेछ । पार्टीले निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाइन लाग्न पनि मतदातालाई आग्रह गरेको छ ।

संसदीय दलको नेताका लागि अहिलेसम्म पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र डा. शेखर कोइराला दावेदार देखिएका छन् भने डा कोइराला र थापाबीच साझा उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको छ ।

मंसीर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ ५७ र समानुपातिक तर्फ ३२ सिट गरी जम्मा ८९ सिट प्राप्त गरेको छ । ती ८९ जनाले बुधबार मतदान मार्फत् संसदीय दलको नेता चयन गर्नेछन् । त्यसरी निर्वाचित दलका नेता प्रधानमन्त्रीको दावेदार बन्न पाउनेछन् ।

वि.सं.२०७९ पुस ५ मंगलवार ०९:३२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...