back
CTIZAN AD

यौन दुर्व्यवहारको आरोपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य बजगाईँ निलम्बित

वि.सं.२०७९ पुस ५ मंगलवार

747 

shares

काठमाडौं । आफ्नै पार्टीभित्रकी एक युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँ निलम्बनमा परेका छन् ।

पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा आवद्ध रहेकी एक किशोरीले बजगाईविरुद्ध सामाजिक संजालमा अश्लिल म्यासेज पठाएर यौन दुव्र्यवहार गरेको आरोपसहित पार्टीका बिभिन्न समितिमा उजुरी दिएपछि बजगाई निलम्बित भएका हुन् ।

माओवादी केन्द्रको पुस ३ मा बसेको पदाधिकारीको बैठकले बजगाईँलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईँको विषयमा पार्टीकै भातृ संगठन अनेरास्ववीयू (क्रान्तिकारी) मा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक संजाल फेसबुकबाट पठाइएका अश्लिल म्यासेजहरुको प्रतिलिपीसहित बाग्मती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्री प्रसाद बजगाईँलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ । तत् सम्बन्धमा सत्य तथ्य बुझी आवस्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ ।’ पार्टीको पदाधिकारी बैठकको निर्णयमा भनिएको छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १६:३० मा प्रकाशित

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ...

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...