back
CTIZAN AD

राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत

वि.सं.२०७९ पुस ५ मंगलवार

1.7K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन् ।

सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेताचयन गरेको हो ।

मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा सो पार्टीका तर्फबाट प्रत्यक्षमा राजेन्द्र लिङदेनसहित ७ जना र समानुपातिक तर्फबाट ७ गरी १४ जना सांसद निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धन दलहरु अन्य नयाँ दलको सहयोगमा सरकार गठनका लागि तयारी गरिरहेका बेला राप्रपा अध्यक्ष लिङदेन भने सरकारमा जाने नजाने स्पष्ट नभएको बताउँदै आएका छन् । उनले सरकारमा नजाने भनेर कसम पनि नखाएको र मन्त्री बन्नका लागि कसैको घर–घर नधाउने बताउदै आएका छन् । तर आफ्ना मान्यताहरु स्थापित हुने अवस्थामा सरकारमा जाने कारणहरु उल्लेख गर्ने समेत बताउँदै आएका छन् ।

वि.सं.२०७९ पुस ५ मंगलवार १६:५१ मा प्रकाशित

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ...

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...